३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


बारामा अतिक्रमित भएको ४० हेक्टरलाई पुनः वन क्षेत्र कायम


0
Shares

बारा । बाराका अतिक्रमण भएको ४० हेक्टर क्षेत्रलाई पुनः वन नै कामय गरिएको छ ।

डिभिजन वन कार्यालय बाराले अतिक्रमित भएको ४० हेक्टरलाई पुनः वन क्षेत्र कायम गर्न सफल भएको जनाएको छ ।

अतिक्रमित वन क्षेत्रको अध्ययन अवलोकन गरी सरकारको नीति अनुरुप अभियान अगाडि बढाएपछि यो सफलता मिलेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा जिल्लाका विभिन्न स्थानमा करिव ४० हेक्टर वन अतिक्रमण हटाई वन क्षेत्र कायम गरिएको हो ।

जितपुर–सिमरा उपमहानगरपालिका–२२ चकरीमा ७ दशमलव ५, कोल्हवी नगरपालिकाको मधुवनमा ५ र बोधवनमा २७ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाई कार्यालयले कतिपय स्थानमा वृक्षरोपणसमेत गरिसकेको छ ।

यता, कुल ४५ हजार हेक्टर भू–भाग ओगटेको बाराको जंगल अहिले खुम्चिएर ३१ हजार हेक्टरमा सिमित भएको कार्यालयको तथ्यांक छ ।

बाराको कतिपय जंगल क्षेत्र फास्टट्रयाक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय गौरवका आयोजनाले ओगटेको छ ।

पछिल्लो पाँच वर्ष यता बारामा संस्थागत र अन्य गरी ११ दशमलव ६४ हेक्टर जंगल अतिक्रमणको चपेटामा परेको तथ्यांकले देखाउँछ ।

यती हुँदाहुँदै पनि समग्र मुलुकको जंगलको अवस्था भने ३९.७ प्रतिशतबाट बढेर ४४.६ प्रतिशत भएको तथ्यांकमा उल्लेख छ ।