३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


‘क्लीन फिड’ लागू गरेरै छाड्ने सन्चारमन्त्रीको अडान


0
Shares

काठमाडौं, साउन ६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विज्ञापनसम्बन्धी विधेयकमार्फत् ‘क्लीन फिड’ लागू गरेरै छाड्ने अडान दोहोर्‍याएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा उनले क्लीन फिडसम्बन्धी व्यवस्था हटाउन माग गर्दै संशोधन दर्ता गराउने सांसदलाई उक्त संशोधन फिर्ता लिन आग्रह गरे ।

मन्त्री बाँस्कोटाले अमेरिका, भारत, कोरियालगायतका देशमासमेत क्लीन फिड रहेको बताउँदै यो अन्तर्राष्ट्रिय अभ्यास भएको बताए ।

क्लीन फिड लागू गर्न नहुने भन्दै राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण, एकवाल मियाँलगायतले संशोधन दर्ता गराएका छन् । यद्यपि, सोमबारको बैठकमा उनीहरु भने सहभागी भएनन् ।