
काठमाडौं । साउनको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
साउन महिनाको सोमबार विशेष गरी महिलाहरु ब्रत बस्ने गर्दछन् । सोमबारलाई भगवान शिवको लोकप्रिय बारको रुपमा समेत लिने गरिन्छ ।
सोही कारण यो दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।
साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।
साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख, शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्