Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


अध्यक्ष दाहालद्वारा सीता महराको निधनप्रति शोक ब्यक्त


0
Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य तथा हाम्रो पार्टीका नेता कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको निधनप्रति दुःख ब्यक्त गरेका छन् ।

नर्भिक हस्पिटलमा आज बिहान ६ः२५ बजे निधन भएको घट्नाप्रति अध्यक्ष दाहालले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका हुन ।

दिवंगत महरा विगत लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित हुनुहुन्थ्यो ।

पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला कमरेड सीतालाई स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते उहाँलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

शोक बक्तब्य निकाल्दै अध्यक्ष दाहालले भनेका छन–असल, सरल, मृदुभाषी, र जनताका बीच चाँडै नै घुलमिल गर्न सक्ने क्षमताकी धनी कमरेड सीता तत्कालीन नेकपा (माओवादी)द्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो ।’