
काठमाडौं, साउन ५ । साताको पहिलो दिन पूँजी बजारमा सामान्य गिरावट आएको छ ।
आइतबार शेयर बजार परिसूचक नेप्से करिब ४ अंकले झरेर १२६८ मा आइपुग्यो । यसदिन टेलिकम सूचीकृत अन्य समूह र वित्त समूहमा सामान्य सुधार बाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे ।
यसदिन कारोबार पनि खुम्चियो । १६६ कम्पनीको ११ लाख १९ हजार कित्ता शेयर २९ करोड ८१ लाख बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्