१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


देशभर रहेका गुठी जग्गाको विवरण माग


0
Shares

काठमाडौं, साउन ५ । राष्ट्रिय पहिचान संरक्षण सयुक्त संघर्ष समितिले देशभर रहेका गुठी जग्गाको विवरण माग गरेको छ ।

समितिले आज गुठी संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वर पुगेर हालसम्म संस्थानले गरेको काम कारवाही र जात्रा पर्व तथा सम्पत्तिको लेखाजोखाको विवरण माग गरेको हो ।

समितिका संयोजक गणपतिलाल श्रेष्ठले गुठीसम्बन्धी विभिन्न १७ बँुदाको विषयमा विवरण माग गरेको भन्दै गुठी विधेयक सम्बन्धमा आफुहरुको खबरदारी जारी रहेको बताए ।

गुठी संस्थानले समितिले माग गरे अनुसार गुठी जग्गाको विवरण उपलब्ध गराउने जनाएको छ ।