Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


प्रचण्डलाई प्रधानमन्त्री ओलीसँगै सती नजान डा. भट्टराईको सुझाव


0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँगै सती नजान सुझाव दिनु भएको छ ।

प्रधानमन्त्री ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै भट्टराईले उहाँसँगै सती नजान सुझाउनु भएको हो ।

पूर्व प्रधानमन्त्री भट्टराईले विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको भन्दै समाजिक सञ्जाल ट्विटरमा ट्विट गर्नु भएको हो ।

अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओली आफ्नो कुबाटोमा दृढ रहेकाले अरुले उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न गर्नु भएको हो ।