१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


डुबेर दुई बालिकाको मृत्यु


0
Shares

रौतहट, साउन ४ । रौतहटको लालबकैया नदीको छेउमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

देवाही गोनाही नगरपालिका–५, टिकुलिया निवासी ८ वर्षीया पिंकीकुमारी साह र सोही ठाउँकी ८ वर्षीया निरुताकुमारी साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घरबाट बाख्रा चराउन गएका उनीहरुको नदीछेउको जमेको पानीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो ।

उनीहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पुर्‍याइएको छ ।

यस्तै, सर्लाहीको बलरा नगरपालिका–११ निवासी कुनिता देवीका चार वर्षीय छोरा अकुस पटेल रौतहटस्थित वाग्मती नदीमा डुबेर बेपत्ता भएका जनाइएको छ ।