१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


सर्लाहीमा दुईजनाको मृत्यु


0
Shares

सर्लाही, साउन ४ । सर्लाहीमा भएका बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ ।

एकजनाको करेन्ट लागेर र अर्कोको पोखरीमा डुबेर मृत्यु भएको हो ।

शनिबार बिहान हरिवन नगरपालिका–११, बजारस्थित लेथ मेसिनमा काम गर्ने लालबन्दी नगरपालिका–१० का ३५ वर्षीय काजिमान बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो ।

त्यस्तै, मलंगवा नगरपालिका–१२, गम्हरिया निवासी राजनारायण महतोका ११ वर्षीय छोरा पवन महतोको पोखरीमा डुबेर मृत्यु भएको छ ।

दुवै शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।