१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


सर्लाहीमा तत्कालका लागि राहत वितरण रोक्ने निर्णय


0
Shares

सर्लाही, साउन ३ । सर्लाहीमा डुबान तथा कटान प्रभावितको विस्तृत् विवरण संकलन गर्न भन्दै तत्काल राहत वितरणको काम रोकिने भएको छ ।

शुक्रबार सदरमुकाम मलंगवामा सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तत्काललाई राहत वितरण रोकी विस्तृत् घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले खान, बस्नकै अभाव भएकाहरुको हकमा स्थानीय तहले बन्दोबस्ती गर्ने निर्णय भएको बताए ।

अरुको हकमा भने विस्तृत् विवरण आएपछिमात्रै आवश्यकताअनुसार राहत वितरण गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको हो  ।

त्यसअघि, शुक्रबारै सर्लाहीको गोडैता र ईश्वरपुर नगरपालिकाका २५७ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको थियो ।