Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क : मुख्यमन्त्री भट्ट


0
Shares

डोटी, कात्तिक १२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड-१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाउनुभएको छ ।

दशैँको टीकाका लागि जन्मथलो डोटीको केआइसिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लाड्नुपर्ने बताउनुभएको हो ।

कोरोना रोगबाट बच्न सम्पूर्ण नागरिकले घरैमा सुरक्षित बस्नुपर्ने तथा बिनाकाम घर बाहिर ननिस्किन समेत उहाँले आग्रह गर्नुयो ।

मुख्यमन्त्री भट्टले कोरोना जोखिमबाट सबै नागरिक सजग भएर हिँड्नु पर्ने धारणा राख्दै भन्नुभयो, “कोरोना जाँच र उपचार निःशुल्क गर्दै आएका छौँ तर नागरिकले पनि कोरोना जोखिमबाट बच्न सावधानी अपनाउनु पर्ने हुन्छ ।”

आजै मुख्यमन्त्री भट्टले प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराई, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लसँग मुख्यमन्त्री सम्पर्क कार्यालय दिपायल राजपुरमा भेटी कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य तथा जिल्लाको शान्ति सुरक्षामा कमी हुन नदिन निर्देशन दिनुभयो ।