
काठमाडौं । नयाँ आर्थिक बर्ष सुरु भएसँगै स्थायी लेखा नम्बर (पान) बिना साउन १ गते पाकेको तलब तथा ज्याला आजबाट भुक्तानी लिन नपाइने भएको छ ।
यदि कसैले ज्याला वा तलब प्यान विना भूक्तानी गर्छ भने सरकारले त्यसलाई खर्चको रुपमा स्वीकार्ने छैन भने त्यस्तो खर्च सम्बन्धित कम्पनी तथा रोजगारदाताको आय सम्झेर थप कर तिर्नुपर्ने हुन्छ ।
एकै वर्षमा ३ लाख जनाले स्थानी लेखा नम्बर लिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । हालसम्म २२ लाख जनाले स्थायी लेखा नम्बर लिएका छन् ।
यस्तै साउन १ गतेदेखि आयकरको सीमा पनि परिवर्तन भएको छ । जागिरेका लागि आयमा लाग्ने करको सीमा वृद्धि भएको छ ।
साउन १ देखि एकल व्यक्तिको चार लाखसम्मको आम्दानी र दम्पतिलाई साढे चार लाख रुपैयाँभन्दा माथिको आयमा कर लाग्ने भएको छ ।
असार मसान्तसम्म एकललाई साढे ३ लाखमाथिको आयमा र दम्पतिलाई चार लाखमाथिको आयमा कर लाग्थ्यो ।
प्रतिक्रिया दिनुहोस्