
काठमाडौं, असार ३० । सोमबार सेयरबजारमा सुधार आयो ।
बजार परिसूचक नेप्से ५ अंक बढीले सकारात्मक रहेर १२ सय ५४ पुग्यो ।
कारोबार पनि अघिल्लो दिनको तुनलामा केही सुधारियो । कारोबार भएका सबै समूह हरियो रहे ।
उत्पादनमूलक समूह सबैभन्दा उच्च ३६ अंकले उकालो लाग्यो । होटल समूह पनि २४ अंकले बढ्यो । जीवनबिमा, जलविद्युत्, निर्जीवन बिमा समूह पनि दोहोरो अंकले बढे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका २९ लाख ७३ हजार कित्ता सेयर ४३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्