
हेटौंडा, असार ३० । मकवानपुरको मार्खुमा आइतबार राति पहिरो जाँदा घरमा सुतिरहेका आमा र छोरीको मृत्यु भएको छ ।
इन्द्रसरोवर गाउँपालिका–१, मार्खुमा पहिरोले पुर्दा कान्छीमाया बलामी र उनकी १८ वर्षीया छोरी बबिता बलामीको मृत्यु भएको हो ।
त्यस्तै, पहिरोमा परी ३८ वर्षीया बेली बलामी घाइते भएकी छन् ।
पहिरोले पुरिएर रातिदेखि बेपत्ता भएका उनीहरुको शव पुरिएको अवस्थामा सोमबार निकालिएको प्रहरीले जनाएको छ ।
राति नै पहिरोले घर पुरे पनि स्थानीयले भने बिहानमात्रै थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीकोे घरै नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्