Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


अमेरिकाका लागि प्रस्तावित राजदूत डा. खतिवडाविरुद्ध तीनओटा उजुरी


0
Shares

काठमाडौं, कात्तिक ३ । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुविरुद्ध संसदीय सुनुवाइ समितिमा चारओटा उजुरी परेको छ ।

समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको हो ।

उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चारओटा उजुरी परेको बताउनुभयो ।

समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो ।

सभापति कर्णले प्रस्तावित राजदूतहरुविरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताउनुभयो ।

उजुरी परेकामध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाविरुद्ध तीनओटा र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध एकओटा रहेको सभापति कर्णले जानकारी दिनुभयो ।