२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


विश्व बजारमा सर्वाधिक विक्री भएको विद्युतीय कार ‘निसान लिफ’ नेपाल आउने


0
Shares

काठमाडौं । सर्वाधिक प्रतिक्षित इलेक्ट्रिक कार ‘निसान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।

निसान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले उक्त कार नेपाल ल्याउने भएको हो ।

निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडी हो र यो बिद्युतीय गाडीको बजारमा ग्लोबल लिडर पनि बनिसकेको छ ।

संसारभर २ लाख ५० हजार युनिट भन्दा बढी बिक्री भैसकेको यो गाडी २०२१ अप्रिलमा लन्च गरिने पायोनियर मोटोकर्पले बताएको छ ।

विद्युतीय सवारीमा बिद्यमान कारलाई वृद्धि गरिए पश्चात सो गाडीको लन्च कार्यक्रम पूर्व निर्धारित समयमा हुन सकेको थिएन ।

अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन।

४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ।