१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


हवाई कम्पनीहरुमा कार्गो भाडा तीन गुणासम्म महंगो


0
Shares

काठमाडौं । नेपाल निर्यात परिषदले सामान निर्यातमा हवाई कम्पनीहरुले कार्गो भाडा तीन गुणासम्म महंगो गराएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

परिषद्ले कम्पनीले एक विज्ञप्ती जारी गर्दै सामान निर्यातमा हवाई कार्गोको भाडा महंगो भएको भन्दै यसले व्यवसायमा समस्या भएको उल्लेख गरेको छ ।

कोरोनाका कारण भएको लकडानले सम्पूर्ण उद्योग व्यवसायहरु प्रभावित छन् ।

यस्तो अवस्थामा व्यवसायीहरुले सानो परिमाणमा भए पनि नेपाली वस्तुहरु निकासी गर्दै आएको तर हवाई भाडा २÷३ गुणासम्म महंगो भएको परिषदले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

परिषदले निर्यातयोग्य वस्तुहरुको निकासी प्रवद्र्धनका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउन हवाई कार्गो भाडादरलाई पूर्वत लागतमा तत्काल सूचारु गर्न समेत माग गरेको महासचिव रामशरण थपलियाले जानकारी दिए ।