२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी


0
Shares

कैलाली, असार २८ । कैलालीको भजनीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।

भजनी नगरपालिका ३, कनैयापुरका एकै परिवारका पाँच जना विषालु च्याउ खाएर बिरामी भएका हुन् । उनिहरु सबैको भजनी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अस्पतालका प्रमुख चिकित्सक शिशिर देवकोटाका अनुसार ३६ वर्षीया रतीदेवी चौधरी, ४० वर्षीया राम दुलारी चौधरी, ६७ वर्षीया सीतारानी चौधरी, २२ वर्षका राजेश चौधरी र २० वर्षीया सुष्मा चौधरी विषालु च्याउ खाएर बिरामी भएपछि शुक्रबार राति अस्पताल भर्ना भएका हुन् ।

बिरामी भएका पाँचै जनाको अवस्था खतरामुक्त रहेको डा. देवकोटाले बताए ।