
काठमाडौं, असोज २८ । बुधवार शेयर बजारमा सात अंकको गिरावट आउदा परिसुचक घटेर १५ सय ६१ विन्दुमा ओर्लिएको छ ।
यसदिन कारोवार रकममा पनि गिरावट आएको छ ।
बुधवार होटल समुह सामान्य अंकले बृद्धि हुदा अन्य सबै समूह रातो रहे ।
नेपालीहरुका ठुला चाडवाड नजिकिदै गर्दा लगानीकर्ता फेस्टिभ मुडमा देखिएकाले बजारमा सामान्य गिरावट आएकोे विश्लेषकहरु बताउछन् ।
मंगलबारको तुलनामा बुधवार कारोबार रकम समेत ३२ करोड ३२ लाखले घटेको छ ।
सानिमा बैंकले साढे १३ प्रतिशतको लाभांशमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेपछि उक्त बैंकको सेयर भने बुधवार सर्वाधिक कारोबार भएको छ ।
बुधवार सानिमा बैकको मात्र ७ करोड २५ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ यसैगरी सोमबार सूचीकृत भएको जनरल इन्स्योरेन्सको सेयर मुल्य ९.८३ प्रतिशत बढेको छ ।
मंगलबार १ अर्ब ८१ करोड बरारबको सेयर कारोबार भएको बजारमा बुधवार भने १ सय ९५ कम्पनीको ५२ लाख बढी कित्ता शेयर १ अर्ब ४९ करोड बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्