
काठमाडौं, असार २६ । त्रिवेणी व्यापार कम्पनीले आफ्ना विभिन्न ग्राहक योजनामा सहभागी भइ विजेता बनेकाहरुलाई पुरस्कार वितरण गरेको छ ।
कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी गोलाप्रथाबाट छानिएका विजेताहरुलाई पुरस्कार वितरण गरेको हो ।
कम्पनीले गएको चैत १५ देखि जेठ १५ गतेसम्म ‘यासुदा नयाँ वर्षको शुभारम्भ’ र ‘सान्सुई न्यू इयर ग्रेन्ड अफर’ ल्याएको थियो ।
योजनाअन्तर्गत् यी कम्पनीका टीभी, फ्रिज तथा वासिङ मेसिनलगायतका सामग्रीको खरिदमा ‘लक्की ड्र’ कुपन प्रदान गरिएको थियो ।
तीमध्ये गोलाप्रथाबाट यासुदाको पहिलो पुरस्कार पाइ सुर्खेतका कृष्णबहादुर बुद्धले सिंगापुर भ्रमण र सान्सुई ब्रान्डको तपतबहादुर विष्टले दुबई भ्रमणको टिकट प्राप्त गरेका छन् । अरुले एलइडी टीभी, एअर कन्डिसनर र रेफ्रिजेरेटर पुरस्कार पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्