
काठमाडौं, असार २६ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजार नगन्य अंकले ऋणात्मक नै रहेर थामियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले ऋणात्मक रही १२ सय ४८ कायम भएर थामियो ।
वाणिज्य बैंक र जलविद्युत् नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
जीवनबिमा, होटल र उत्पादनमूलक समूह दोहोरो अंकले ओरालो लागे भने अरु सामान्य अंकले रातो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीका १६ लाख ५४ हजार कित्ता सेयर जम्मा ४६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्