
फाइल तस्बिर
काठमाडौं, असोज २२ । नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निगम सञ्चालक समिति सदस्य रहेका पौडेललाई महाप्रवन्धक बनाउने निर्णय गरेको हो ।
पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता हुनुहुन्छ ।
पौडेल तत्कालीन एमालेको प्रचार विभाग सदस्य रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्