३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कैलाली भन्सारमा ८ प्रतिशत बढी राजस्व संकलन


0
Shares

कैलाली । कैलाली भन्सारले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यको ८ प्रतिशत बढी ४ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

लक्ष्य भने ३ अर्ब ८७ करोड राजस्व संकलन गर्ने थियो । सबैभन्दा बढी जेठ महिनामा ४५ करोड ४३ लाख र असारमा ४२ करोड राजस्व संकलन भएको सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले जानकारी दिए ।

कैलाली भन्सार नाका भएर आयात बढेकाले राजस्व संकलनको लक्ष्य पनि बढ्दै गएको सूचना अधिकारी उप्रेतीले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ४० प्रतिशत बृद्धि गरेर पाँच अर्ब ३७ करोड राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको छ ।

कैलाली भन्सार नाका भएर आयात बढ्दै गए पनि निर्यातमा भने बढोत्तरी हुन सकेको छैन ।

भन्सार कार्यालयले दिएको जानकारी अनुसार यहाँबाट कथ्था, कच, टार्पेनटाइन मात्रै निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ को असार २९ गतेसम्म कैलाली भन्सार भएर ६२ करोड ४५ लाख मूल्य बराबरको वस्तु निर्यात भएको छ ।