
काठमाडौं । नेपाली बजारमा उपलब्ध बजाजका अधिकांश बाइकको मूल्य वृद्धि भएको छ ।
नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आज देखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
यस अनुसार सबैभन्दा धेरै मूल्य बजाज डोमिनारको बढेको छ । बजाज डोमिनार सहित हाल धेरै बाइक नेपालमै एसेम्बल हुने गरेका छन् ।
भारतमा समेत बजाजका बाइकको मूल्य बढिरहेको अवस्थामा नेपालमा पनि बजाज बाइकको मूल्य बढेको कम्पनी स्रोतले बताएको छ ।
बजाजका अधिकांश बाइक नेपालमै एसेम्बल हुने गरेका छन् । गत माघ महिनामा डोमिनार समेत नेपालमै बन्ने भए पछि पहिले भन्दा ७० हजार कम मूल्य सहित यसलाई ५ लाख २९ हजार ९ सय रुपैयाँमा बिक्री प्रारम्भ गरिएको थियो ।
त्यसपछि गत साउन अन्तिम सातामा यसको मूल्यमा ५ हजार रुपैयाँ वृद्धि गरेर ५ लाख ३४ हजार ९ सय रुपैयाँ पु¥याइएको थियो ।
हाल यसको मूल्य एकै पटक १५ हजार रुपैयाँले वृद्धि गरेर ५ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा हाल उपलब्ध बजाजका बाइक मध्ये पल्सर १२५ डिस्क वाहेक अन्य सबै बाइकको मूल्यमा १ हजार देखि ३ हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ ।नेपाल अटोले समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्