Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


ओपो एफ१७ प्रो नेपालमा विक्री सुरु, मूल्य कति ?


0
Shares

काठमाडौं । ओपोले आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा विक्री सुरु गरेको छ ।

कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्समार्फत स्मार्टफोनको विक्री खुल्ला गरेको हो।

सेप्टेम्बर २७मा एक अनलाइन लञ्च ईभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१७ प्रोका साथमा एन्को डब्ल्यू५१ र ओपो वाट्चेज पनि सार्वजनिक गरेको थियो ।

८ जीबी र्याम र १२८ जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१७ प्रोको मूल्य नेपालमा रु. ४३ हजार ९ सय ९० तोकिएको छ ।

कम्पनीले स्मार्टफोन म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।