Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


आयोजनालाई निरन्तरता दिदै एसियाली बिकास बैंक


0
Shares

काठमाडौं, असोज १५ । कोडिभ-१९ को महामारीले विकास आयोजनामा असर परिरहेको बेला एसियाली बिकास बैक एडीबिले आफ्नो सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माण कार्य निर्वाध रुपमा अगाडि बढिरहेको जनाएको छ ।

कार्यस्थलमा कोभिड-१९ जोखिम व्यवस्थापनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) लागू गरेर विकास परियोजनालाई अघि बढाई रहेको जनाएको हो ।

एडिबीसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको वेभिनारमा एडिबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले सबै परियोजना कार्यान्वयन निकायसँग दु्रत सर्वेक्षण गरी ती निकायले माग गरे अनुुसार जुलाई २१ देखि २३ सम्म सबै आयोजना कार्यान्वयन निकाय, परामर्शदाता तथा निर्माण ब्यवसायीहरुलाई एससोपी कार्यान्वयनबारे अभिमुखीकरण तथा परामर्श दिएको बताउनुभयोे ।

कार्यक्रममा एडिबीका देशिय निर्देशक मुख्तोर खामुदखानोभले परियोजना साइटहरूमा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा एडिबीले बनाएको जस्तै एसओपीबनाएर अन्यविकास परियोजनालाई अगाडि बढाउन सकिने पुर्व अर्थसचिव सुमन शर्माले बताउनुभयो ।

एसओपी आयोजनाको वातावरणीय व्यवस्थापन योजना तथा पेशागत स्वास्थ र सुरक्षा योजनाको पुरक योजना भएको एडिबीले जनाएको छ ।

Skip This