२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेवि संघको प्रदर्शनमा प्रहरीको हस्तक्षेप


0
Shares

काठमाडौ । नेपाल विद्यार्थी संघले सरकारको विरोधमा आयोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सरकार सर्वसत्तावादी बन्दै गएको भन्दै राजधानीको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नेवि संघले गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि  प्रहरीले लाठीचार्ज गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए ।

यसैबीच, नयाँ शक्ति पार्टीका कार्यकर्ताले पनि आज सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

राजधानी सडकमा फोहोर थुप्रिएर बढेको दुर्गन्ध, सरकारको कार्यशैली तथा डा गोविन्द केसीका मागप्रतिको रवैयाको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।