Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ : बरिष्ठ नेता पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार कम्युनिष्ट पार्टीको पेवा बन्दै गएको आरोप लगाएका छन् ।

‘लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुनेपनि सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ’ उनले भने, ‘अहिले नेपालको कम्युनिष्ट पार्टीको चालामाला हेर्दा सरकार, संबैधानिक परिषद र न्याय परिषद तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरु समेत पार्टीले आफ्नो अनुकुलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्न उन्मूख छ, यो मान्य हुँदैन ।’

पौडेले सरकारको यस्तो प्रबृत्ति संबैधानिक सर्बोच्चता हैन, सर्वसत्ताबाद तिरको तानावाना हो, भने

उनले सरकार देश र जनताप्रति हैन नितान्त कम्यूनिष्ट पार्टीप्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्र हुने गरेको आरोप समेत लगाए ।