Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


अब श्रमिकको तलब अनिवार्यरुपमा बैंक खातामा


0
Shares

काठमाडौं, असार ३२ । अब रोजगारदाता कम्पनी वा व्यक्तिले अनिवार्यरुपमा श्रमिकको तलब बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ ।

सरकारले श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खातामार्फत् भुक्तानी गर्न विभिन्न समयसीमा तोकेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न रोजगारदताका लागि भिन्न–भिन्न समयसीमा दिएर श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी गराउने गरी निर्णय गरेको हो ।

अब सरकारको प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबै श्रमिक तथा कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा आगामी असोज मसान्तसम्म अनिवार्यरूपमा बैंक खातामार्फत् भुक्तानीको व्यवस्था मिलाउनुपर्नेछ ।

यस्तै, बैक, वित्तीय संस्था, बिमा कम्पनी, होटल, सामुदायिक एवं संस्थागत शिक्षण संस्था तथा कानुनबमोजिम दर्ता भएका गैरसरकारी संघ–संस्था, ट्रष्ट, कम्पनी ऐन, विशेष ऐन, गठन आदेशलगायत कानुनबमोजिम गठित सबै संघ–संस्थाहरूले श्रमिक तथा कर्मचारीको तलब आगामी पुस मसान्तभित्र अनिवार्यरूपमा बैंक खातामार्फत् भुक्तानीको व्यवस्था मिलाउनुपर्ने गरी बैठकले निर्णय लिएको छ ।