
झापा, भदौ १४ । झापाको कनकाई नगरपालिकामा आइतबार अपरान्ह पराल काट्ने थ्रेसरमा परेर एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका २ निवासी २३ वर्षीय विकास लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कनकाई नगरपालिका २ निवासी हरि कार्कीको गाई गोठमा च्याउ रोप्नका लागि पराल काटिरहेको अवस्थामा थ्रेसरको नट बल्टु खुस्किएर लिम्बूको टाउकोमा लागेको थियो ।
चलिरहेको थ्रेसरमा टाउको पर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्