१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


वातावरण संरक्षण विधेयकमाथि विज्ञहरुसित छलफल


0
Shares

काठमाडौं, असार ५ । प्रतिनिधिसभाअन्तर्गत्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वातावरण संरक्षण विधेयकमाथि विज्ञहरुसित छलफल गरेको छ ।

समितिको बिहीबार बसेको बैठकमा विधेयकमा रहेका प्रावधानहरुबारे विज्ञहरुसँग छलफल गरिएको हो ।

वातावरणविद् डा. रामप्रसाद रेग्मीले वातावरण संरक्षणका लागि तल्लो तहलाई बढी जिम्मेवार बनाउनुपर्ने कुरा विधेयकमा समेट्नुपर्ने सुझाव दिए ।

उनले स्थानीय तहमा वृक्षरोपण गर्ने, गिट्टी–बालुवा उत्खनन्मा रोक लगाउनेजस्ता कार्य गर्न स्थानीय तहलाई बढी जिम्मेवार बनाउन जरुरी रहेको बताए ।

यस्तै, विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न नकारात्मक असर देखापर्न थालेकाले वातावरणलाई स्थानीय जनताको साझेदारीमा संरक्षण गर्नुपर्नेतर्फ सचेत हुनुपर्ने बताए ।