
फाइल तस्वीर ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।
हिजोको तुलनामा आज तोलामै पाँच सय रुपैयाँले सुनको मूल्य बढेको महासंघले जनाएको छ ।
यसैगरी तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्