
काठमाडौं । मन्त्रिपरिषदले राजधानीको जमलमा बनाउन लागिएको नेपाल राष्ट्रिय पुस्तकालय निर्माणमा रोक लगाएको छ ।
प्रस्तावित करिब ८ रोपनी जग्गामा ब्यापारिक प्रतिष्ठानको आँखा लागेपछि पुस्तकालय निर्माणमा ब्रेक लागेको हो ।
शिक्षा मन्त्रालय र पुस्तकालयका कर्मचारीले केही महिनादेअि यति समूह पुस्तकालयलाई प्राप्त सरकारी जग्गा हत्याउने चलखेलमा लागेको सुइँको पाएका थिए ।
त्यतिबेलादेखि नै उनीहरुको मनमा शंका उब्जेको थियो । चलखेलकै बीच पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनाली निर्माण कार्य सुरु गर्नका लागि अधिकांश काम सकेर साउनभित्र
टेन्डरको सूचना प्रकाशित गर्ने तयारीमा थिए ।
अर्थमन्त्री युवराज खतिवडाले गत साउन ४ गतेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै पुस्तकालय तत्कालका लागि स्थगित गरिएको जानकारी दिए । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्