Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


यस पटक पनि आयोजना सक्न कार्यसम्पादन सम्झौता


0
Shares

काठमाडौं, साउन ११ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षमा कोभिड १९ को प्रभाव पछि अर्थतन्त्रमा पुनर्उत्थानमा सहयोग पुग्ने गरि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन बनाएको छ ।

बजेट खर्चमा प्रभावकारीता ल्याउन तथा समयमै आयोजनाको काम सक्नका लागी मन्त्रालयले कार्यसम्पादन सम्झौता गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न विकासे मन्त्रालयका सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरिसक्नुभएको छ ।

समयमै ठेक्का सम्झौता देखी भुक्तानी सम्मका लागि सम्झौता भएको हो । गत बर्ष पनि कार्यसम्पादन सम्झौता भएको थियो ।

तर पनि खर्च परिचालन भने पुरानै ढर्रा अनुसारै भयो । मन्त्रालयले पहिलो चौमासिक भित्रै ठेक्का सम्झौता गरिसक्नुपर्ने, कर्मचारीलाई नै उत्तरदायी बनाउने गरि आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली ल्याउने तयारी गरिएको पनि प्रवक्ता उत्तर कुमार खत्रीले जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले चालु आर्थिक वर्षमा सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्ने सम्बन्धि मापदण्ड २०७७ अनुुसार कार्यालय सहयोगी र सवारी चालकको पदमा बाहेक अन्य क्षेत्रमा अस्थायी, ज्यालादारी वा करारमा कर्मचारी थप नगर्ने र अन्य व्यवस्थापकीय खर्चमा पनि मितव्ययीता अपनाउन कार्यविधी जारी गरेको जनाइएको छ ।

सरकारी खर्चमा सभा सम्मेलन सेमिनार जस्ता कार्य गर्दा सरकारी सभा हलकै प्रयोग गर्नुपर्ने, नयाँ फर्निचर तथा कार्यालय सजावटका वस्तुहरु प्रयोग नगरी भएको फर्निचर नै मर्मत सम्भार गरि प्रयोग गर्नुपर्ने लगायतका व्यवस्थाले सञ्चालन खर्च कटौती हुने सरकारी दाबी छ ।