१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


प्रचण्ड र नेपाललाई पूर्वएमालेका नेताको चेतावनी


0
Shares

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३२ र १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम दुई वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिवेशन तथा निर्वाचन पर्खन अनुरोध गर्नुभएको छ ।

ज्ञवालीसँगै केन्द्रीय सदस्यद्वय एवं पूर्वमन्त्रीहरू आनन्द पोखरेल र गोकुल बाँस्कोटाले अध्यक्ष प्रचण्ड र नेता माधव नेपालका कारण नेकपाको एकता नसकिँदै मुलुक अस्थिरतातर्फ धकेलिन थालेको बताउनुभयो ।

मदन भण्डारी फाउण्डेशनद्वारा बनेपामा आयोजित जिल्ला भेला कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले शनिबार सरकारको नेतृत्व छाड्नु पर्नेगरी केपी ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरतातर्फ नलैजान अध्यक्ष पुष्पकमल दाहाल, पूर्व महासचिव माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुलाई अनुरोध गर्नु भयो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको नाम नलिईकन उनले दुई वर्षपछि दुई तिहाई आउने यकिन नभएकोले यही बेला पालैपालो बनौं भन्ने केहीलाई लागेको हुनसक्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।

सरकारले अपेक्षाकृत काम गर्न नसकेको तर्क गर्दै उनले पार्टी र कर्मचारीबाट सहयोग नभएको मन्त्री ज्ञवालीको आरोप थियो ।-नेपाल समाचारपत्र दैनिकबाट