३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आलमप्रति अध्यक्षद्वयको श्रद्धाञ्जलि


0
Shares

काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उनीहरुले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

गृहजिल्ला रौतहटमा हृदयघात भएपछि नेता आलमलाई उपचारका लागि बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।

उपचारकाक्रममा ५३ वर्षीय नेता आलमको शुक्रबार राति निधन भएको हो ।

श्रद्धाञ्जलिका लागि नेता आलमको पार्थिक शरीरलाई शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो ।

नेता आलमलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय धूम्रबाराही पुगेका थिए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उनी रौतहट क्षेत्र नम्बर–२ बाट वाम गठबन्धनको उम्मेदवार बनेका थिए । रासस