 
	    पर्सा । पर्साको ठोरी गाउँपालिकास्थित सीता गुफानजिकै नेपाल भारत छुट्याउने सीमा स्तम्भ उखेलिएको अवस्थामा फेला परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादा पुरुषोत्तम रामको जन्मभूमि नेपालकै ठोरी आसपासमा रहेको अभिव्यक्ति दिएपछि एकाएक चर्चा पाएको ठोरीको सीता गुफा नजिकैको सीमा स्तम्भ उखेलिएको हो ।
शनिबार स्थानीयले सीता गुफामा पूजा गरेको समयसम्म केही नभएको सीमा स्तम्भ दिउँसो साढे १२ बजेपछि उखेलिएको अवस्थामा पाइएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिनुभयो ।
सीता गुफादेखि झण्डै ५ फिटको दूरीमा माथि डाँडामा रहेको ४३६ नम्बरको सीमा स्तम्भ ढलेको अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।
गाडिएको ठाउँबाट ५ मिटर तल भारततर्फ दशगजामा उक्त स्तम्भ लडेको अवस्थामा भेटिएको हो ।
सीमास्तम्भ ढलेको जानकारी पाएपछि ठोरीका स्थानीयले आक्रोशित हँदै भारतविरुद्ध नाराबाजी गरेका थिए ।
सीमास्तम्भ ढलेपछि सशस्त्र प्रहरीले त्यहाँ जानलाई रोक लगाएको छ भने भारतीय एसएसबीले पनि भारततर्फबाट आउन रोक लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
ठोरी गाउँपालिका– ३ का वडा अध्यक्ष सूर्य लामाले ठूलो पानी पहिरोमासमेत नढलेको ५ फिट तलसम्म गाडिएको पिलर ढलेको नभइ ढालिएको हुनसक्ने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्