Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


जागिरपछिको जीवन पनि प्रहरीकै लागि समर्पण : महानिरीक्षक ज्ञवाली


0
Shares

नवलपरासी, असार २० । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जागिरपछिको जीवन पनि प्रहरीकै लागि समर्पण गर्ने बताउनुभएको छ ।

शनिबार पश्चिम नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाको निरीक्षण एवं स्वचालित प्रवेशद्धारको उद्घाटन गर्न पुग्नुभएका उहाँले आफूले ३० वर्षे लामो सेवा प्रहरी संगठनमै बिताएकाले बाँकी जीवन पनि प्रहरीकै लागि समर्पण गर्ने बताउनुभएको हो ।

आईजीपी ज्ञवालीले यही असार २४ गतेबाट अवकाश पाउँदै हुनुहुन्छ ।