Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


नारायणगढमा मेगा म्युजिकल साँझ हुँदै, पप संगीतका चर्चित हस्तीको जमघट


0
Shares

काठमाडौं, जेठ ३० । रोटरी क्लव अफ नारायणगढको सक्रियतामा असार २ गते मेगा म्युजिकल साँझ आयोजना हुने भएको छ ।

चेपाङ समुदायको स्वास्थ्य र शिक्षाका लागि रकम संकलन गर्ने उद्देश्यले च्यारिटी कार्यक्रम अन्तर्गत प्रस्तुति गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली पप संगीतका हस्तीहरूले आफ्नो सदावहार सुपर हिट गीत प्रस्तुत गर्नेछन् । साधारणतया कन्सर्टहरू कमर्सियल हुने र आफ्नो प्रस्तुति बापत पारिश्रमिक लिने भए पनि यस कार्यक्रममा संकलित रकम चेपाङ समुदायको स्वास्थ्य र शिक्षाका निम्ति सहयोग गरिने भएको छ । कार्यक्रममा सहभागी कलाकारले समेत पारिश्रमिक नलिने जनाइएको छ ।

सेन्ट्रल पाल्म होटल, नारायणगढमा  साँझ ५ बजे सुरु हुने कार्यक्रममा हरिश माथेमा, बबिन प्रधान, संजय श्रेष्ठ, भिम तुलाधर, जेम्स प्रधान, सचिन रौनियार, ज्योति घिमिरे, कविन्द्र श्रेष्ठ (स्काई ब्यान्ड), पुन्यम प्रधान, रबिन महर्जन, विश्व प्रधान, उदेश श्रेष्ठलगायतको प्रस्तुति रहने जनाइएको छ ।

 

Skip This