Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गगनले मागे गृहमन्त्रीको राजीनामा


0
Shares

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई राज्यले सही ठाउँमा ल्याउनुपर्ने बताएका छन् ।

सोमबार राजधानीमा नेपाल प्रेस युनियनको २८औं वार्षिकोत्सव कार्यक्रममा उनले चन्द समूहसँग वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबार र सडकमा दुईओटा नेकपा देखिएको भन्दै वर्तमान सरकारले शान्ति–प्रक्रिया टुंग्याउन नसक्ने दाबी गरे ।

यस्तै, अर्का कांग्रेस नेता गगन थापाले चन्द समूहले जनसेना गठन गरेको र काठमाडौं उपत्यकालाई निशाना बनाएको भन्ने सूचना हुँदा–हुँदै पनि सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागे ।