
काठमाडौं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शीतल निवास पुग्नुभएको छ ।
नेकपाको स्थायी कमिटी र मन्त्रिपरिषद बैठक बस्नु अगाडि प्रधानमन्त्री ओली शितल निवास पुग्नु भएको हो ।
राष्ट्रपतिलाई भेट्न ओली बिहान ११ बजेतिर शितल निवास पुग्नुभएको थियो । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झन्डै एक घन्टा कुराकानी भएको थियो।
सरकारको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले आन्तरिक छलफललाई तिब्रता दिनुभएको छ ।
केही दिनअघि मात्र राष्ट्रपतिसँग भेटेर फर्किनुभएका ओलीले दिनहुँ भेटघाट र छलफललाई निरन्तरता दिइरहनुभएको छ ।
प्रधानमन्त्रीको रूपमा करिब साढे दुई वर्ष बिताइसकेका ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफूले लिने गरेको भनेर पटकपटक आलोचना हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्