Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


बम आतंक फैलाएरमात्रै राजनीतिक उद्देश्य प्राप्त हुँदैन : दाहाल


0
Shares

विराटनगर, जेठ १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा वार्तामा आए उनीहरुमाथि सरकारले लगाएको प्रतिबन्द खुला गरिने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसित कुरा गर्दै उनले चन्द समूहसित शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नभएको बताए ।

अध्यक्ष दाहालले बम आतंक फैलाएरमात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने भन्दै एक/दुईओटा बम विस्फोट हुँदैमा राजनीतिक स्थीरता छैन भनेर सोच्न नहुने धारणा राखे ।

चन्द समूहले गरेको बन्द, हडताल वार्ताको वातावरण तयार गर्नका भएको उनको बुझाइ छ ।

चन्द समूहसित वार्ताका लागि सरकारले पहल गरिरहेको उनले जानकारी दिए ।