२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


इदउल फित्रमा सार्वजनिक विदा दिनेबारे मन्त्रिपरिषद्मा छलफल हुने


0
Shares

काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व इदउल फित्रमा सार्वजनिक विदा दिने सम्बन्धमा सरकारले मन्त्रिपरिषद्मा छलफल गर्ने भएको छ ।

मुस्लिम आयोगको ज्ञापनपत्र बुझदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा छलफल गरी निर्णय गर्ने जानकारी दिएका हुन् ।

आयोगले बुझाएको ज्ञापनपत्रमा प्रधानमन्त्री ओलीले आगामि मन्त्रिपरिषदमा पेश गर्ने गरी तोक लगाई सकेका छन् ।

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले आयोगको पहलमा मुस्लिमहरुको पवित्र पर्वमा सार्वजनिक विदा दिन प्रधानमन्त्री सकरात्मक रहेको बताए । 

उनले आयोगले मुस्लिमहरुको हक, हित र अधिकारकोलागि सधै पहलकदमी गर्ने पनि बताए ।

आयोगले सार्वजनिक विदा सम्बन्धमा गृह मन्त्री रामबहादुर थापालाईसमेत भेटेर ध्यानाकर्षण गराएको छ ।