
लमजुङ । लमजुङमा उत्पादित अलैंची भण्डारण गर्नका लागि वेयर हाउस निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा वेयर हाउस निर्माण सुरु भएको हो ।
अलैचीको भण्डारण गर्ने ठाउँ नहुँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य अलैची कृषकहरु वेयर हाउस निर्माणले खुसी भएका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमसँगै जारी लकडाउनका बाबजुत पनि यसवर्ष वेयर हाउसको आधार तथा कम्पाउण्ड र भवन पिलर निर्माण गरिएको छ ।
वेयर हाउसमा अलैंचीसँगै अन्य कृषिजन्य बस्तुसमेत भण्डारण गर्न सकिने छ । वेयर हाउस निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ अनुदान दिएको हो ।
प्रतिक्रिया दिनुहोस्