
बझाङ, असार १२ । बझाङका १२ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहहरु कोरोना प्रभावित भएका छन् ।
जिल्लाको बुंगल नगरपालिका, विबथ्थडचिर गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकामा कोरोनाका बिरामी देखापरेका हुन् ।
अहिलेसम्म जिल्लामा १२ जना महिला र ४३ जना पुरुष गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण जोशीले बताउनुभयो ।
सबैभन्दा बढी बुंगल नगरपालिकामा पाँचजना महिला र २० जना पुरुष गरेर २५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै भारतबाट फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस्