 
	    रौतहट, असार ९ । रौतहटको चन्द्रपुर–२ को अत्याधुनिक सुविधासम्पन्न आईसोलन कक्ष मंगलबारदेखि संचालनमा आएको छ ।
रौतहटको चन्द्रपुर, बृन्दाबन, गडिमाई, गुजरा नगरपालिकाका ३२ जना कोरोना संक्रमितलाई उक्त आईसोलेशन कक्षमा राखिएको छ ।
चन्द्रपुर नगरपालिका–२ स्थित शहिद स्मृती पार्कमा ४० बेडको सुविधासम्पन्न आईसोलेशन कक्षको निर्माण गरिएसंगै संक्रमितलाई उक्त आईसोलेसन कक्षमा राखिएको हो ।
चार खण्ड सहितको कक्षमा सात वटा एसी र छुटाछुटै शौचालयको प्रबन्ध छ ।
रौतहटमा कोरोना भाईरसको संक्रमित संख्या बढदै जान थालेपछि चन्द्रपुर, बृन्दाबन, गुजरा र गडिमाई नगरपालिकाको संयुक्त लगानीमा सुबिधा सम्पन्न आईसोलेसन कक्षको निर्माण गरिएको हो ।
सो आईसोलेसन कक्ष निर्माण गर्न चारवटै नगरपालिकाले ७० लाख रुपैया बजेट बिनियोजन गरेको थियो ।
पिसिआर परिक्षण बाट कोरोना पुष्टि भएका संक्रमितलाई डाक्टरको प्रत्यक्ष निगरानीमा उक्त आईसोलेन कक्षमा उपचार हुनेछ ।
क्वारेन्टिनलाई नै आइसोलेशन बनाएर ३१ महिला र ५ सय ८१ जना पुरुषलाई राखिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्