१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दैलेखमा कोरोनाका कारण ४५ वर्षीय पुरूषको मृत्यु


0
Shares

दैलेख, असार ९ । कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरूषको सोमबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।

क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनु भयो ।

उनको सुर्खेतमै नेपाली सेनाको टोलीद्वारा अन्त्येष्टि गरिने तयारी भएको छ ।

मृतकको श्रीमतीलाई भने कोरोना नेगेटिभ देखिएको अस्पतालले जनाएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट सुर्खेतका २ जना, दैलेखका २ जना र डोल्पाका १ जना गरि मृत्यु हुनेको संख्या ५ पुगेको छ ।