Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


पानामा पेपर्समा परेका १३ नेपालीको नाम रहेको खुलासा


0
Shares

काठमाडौं, चैत २५ । अमेरिकी देश पानामाको मोसाक फोनसेक कानूनी फर्मबाट चुहावट भएको कागजातमा कर छली तथा अवैध सम्पत्ति राख्नेमा १३ जना नेपाली परेको खुलेको छ ।

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट आइसिआईजेले कर छली तथा अवैध सम्पत्ति लुकाउने १३ नेपालीको नाम, ठेगाना र लगानी गर्न खोलिएका कम्पनीको नाम समेत सार्वजनिक गरेको छ ।

पानामा कागजातमा परेका नेपालीमा विजेन्द्र जोशी, विजेशकुमार टोडी अग्रवाल, बिमलकाजी ताम्राकार, विनु श्रेष्ठ, विश्ववरसिंह थापा, विश्वधर तुलाधर, डा. श्यामबहादुर कर्माचार्य, हरिशकुमार तोडी, प्रोफेसर शतेन्द्रकुमार गुप्ता, राजेन्द्रकुमार काब्रा, रेनुका प्रधान, रेखा काब्रा र शशिकान्त अग्रवाल रहेको जनाइएको छ । पानामा पेपरमा परेका नेपालीका बारेमा सरकारले अनुसन्धान थालेको पनि जनाइएको छ ।

Skip This