१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


दोलखामा अमेरिकी हेलिकोप्टर दुर्घटनाका पीडितले पाए बिमाबापत जनही १५ लाख


0
Shares

दोलखा, चैत २८ । दोलखामा भएको अमेरिकी हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको परिवारका सदस्यले तेस्रोपक्ष बिमाबापत १५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ५ परिवारका सदस्यले बिमा रकमबापत प्रतिपरिवार १५ लाख रुपैयाँ प्राप्त गरेका हुन् ।

गत वैशाखको विनाशकारी भूकम्पका घाइतेहरुको उद्धारका लागि खटिएको अमेरिकी मरिन हेलिकोप्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा सात नेपालीस्हित ११ जनाको मृत्यु भएको थियो ।