Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


लायन्स महाधिवेशन सम्पन्न, गभर्नरमा लायन कृष्णप्रसाद अवाल


0
Shares

काठमाडौं, वैशाख १ । लायन्स क्लब्स अन्तर्राष्ट्रिय ३२५ ए २ को चौथो महाधिवेशनले गभर्नरमा लायन कृष्णप्रसाद अवाल, प्रथम भाइस गभर्नरमा लायन दाशीराम खनाल निर्वाचित भएका छन् । उनीहरु ‘हुन्छ’ मतले निर्वाचित भएका हुन् ।

त्यसैगरी द्वितीय गभर्नरमा सुदर्शनधर प्रधानाङ्ग १२२ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. सुशीला मल्लले ९४ मत प्राप्त गरिन् ।

महाधिवेशन कार्यक्रममा विशेष अतिथि लायन्स अन्तर्राष्ट्रि«य ३२५ का मल्टिपल काउन्सिल चियरम्यान लायन रमेश अग्रवाल र कार्यक्रमका सभापति ३२५ ए २ का गभर्नर लायन रुद्रहरी ज्ञवालीले लायन्स अन्तर्राष्ट्रि«यका डाइरेक्टर सञ्जय खेतानलाई अभिनन्दन, साहित्यकार व्याकुल माहिला, पूर्व सांसद प्रा.डा. राममान श्रेष्ठ, समाजसेवी विना बस्नेतलाई सम्मान गरे । साथै अन्तर्राष्ट्रि«य डाइरेक्टर सञ्जय खेतानलाई पर्यटन वोर्डका सिइओ दीपक जोशीले पर्यटनका लागि सदभावना दूतको जिम्मेवारी प्रदान गरे ।

लायन रुद्रहरी ज्ञवालीको अध्यक्षता सम्पन्न कार्यक्रममा विशेष अतिथि लायन रमेश अग्रवाल, लायन सञ्जय खेतान, लायन कयामुद्दिन, लायन कृष्णप्रसाद अवाल लायन दाशीराम खनाल, लायन रवीन्द्र प्रधान लायन उत्तम झा, लायन अजय खनाल लगायतले लायन्सको गतिविधि र महत्वबारे प्रकाश पारेका थिए ।